कृषि र जनक शिक्षा क्वाटरफाइनलमा

काठमाडौं जेठ ८ गते ।

डिफेन्डिङ च्याम्पियन कृषि विकास बैंक र जनक शिक्षा सामाग्री केन्द लिमिटेड १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलको पुरुषमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा कुलेश्वरस्थित भिजनोभा रिक्रिएसनमा भएको प्रतियोगितामा नेपाल बायु सेवा निगम ‘ए’, नेपाल विद्युत प्राधिकरण ‘ए’ र ‘बी’, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ तथा नेपाल बैंक लिमिटेड पनि क्वाटरफाइनलमा सुरक्षित गर्न सफल रहे ।

पुरुषमा १३ र महिलामा ७ टिम सहभागी छन् । शनिबार पुरुष/महिला दुवैमा सेमिफाइनल सेमीकरण तयार हुनेछ । फाइनल आइतबार हुनेछ । पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । महिलामा विजेताले ३५ हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने आयोजक इशानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन् । महिलामा पनि कृषि नै साविक विजेता हो ।

कर्मचारी खेलकुदअन्तर्गत फुटसल अन्तिम प्रतियोगिता हो । विभिन्न ४ खेल समावेश प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल सम्पन्न भइसकेको छ ।

ब्याडमिन्टनमा कृषि विकास बैंकले २ तथा विद्युत, नेपाल नागरिक उड्डयन प्राधिकरण, एनसेल र एनटीसीले समान १–१ स्वर्ण जितेका छन् । टेबलटेनिसमा एभरेष्ट बैंक लिमिटेड र नेपाल वायु सेवा निगमले समान २–२ तथा नागरिक उड्डयनले १ स्वर्ण हात पारेका छन् । बुद्धिचालमा निगमका दिपेन्द्र ठाकुर विजेता बने ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ