काठमाडौँ, जेठ ८ गते ।
नेपाल सोतोरियो कराते प्रथम डोजो बौद्ध, प्रहरी वृत बौद्ध, सामूदायीक सेवा केन्द्र तथा सामूदायिक प्रहरी सेवा केन्द्र बौद्धको आयोजनामा साइबर अपराध सम्बन्धी सचेतनामूलक तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार बौद्ध डोजो करातेको हलमा अपराध सम्बन्धी सचेतनामूलक तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा कराते प्रशिक्षक कुशल श्रेष्ठ, राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता एरिका गुरुङ , १३ औँ साफ गोल्ड मेडलिस्ट निर्मला तामाङ, १३ औँ साफ गोल्ड मेडलिस्ट कुसुम खड्का, कराते खेलाडी तथा सगरमाथा आरोही कुन्जाङ छ्योपेल शेर्पालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी भएकाहरुलाई कराते खेलाडी तथा सगरमाथा आरोही कुन्जाङ छ्योपेल शेर्पाले साइबर अपराध सम्बन्धमा प्रशिक्षण दिएकी थिइा्। सम्मान कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक रमेश थापा, काठमाडौं महानगरपालिका वडा न ६ का वडा अध्यक्ष भूवन लामा, नेपाल कराते महासंघका उपाध्यक्ष, नेपाल सितोरियो कराते संघका महासचिव बौद्ध डोजो प्रमुख विवेककुमार लामाको सहभागीता रहेको थियो ।
