काभा महिला भलिबल च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं जेठ ७ गते ।

शुक्रबार देखि काठमाडौंमा सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपको तयारी पूरा भएको छ।

च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपालसहित भारत, कीर्गिस्तान र माल्दिभ्स समूह ए मा छन् भने ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह बीमा छन् । नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ।

सहभागी सबै टोलीले प्रतियोगिताको लागि तयार रहेको र राम्रो खेलको लागि उत्साहित रहेको बताएका छन् ।

बिहीबार भएको प्रि म्याच कन्फेरेन्समा नेपाली टोलीका कप्तान निरुता ठगुन्नाले नेपालको तयारी राम्रो रहेको र घरेलु कोर्टमा खृल्दा दर्शकको राम्रो साथ हुने बताइन् । उनले पहिलो पटक नेपालको कप्तानी गर्दैछिन् । टिममा अनुभवी र नयाँ युवा खेलाडीहरुको समिश्रण राम्रो रहेको बताइन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ