काठमाडौं जेठ ७ गते ।
थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा यहि जुन ६ देखि नेपाल स्कुल फुटबल लिग सञ्चालन हुने भएको छ।
लामो समयदेखि स्कुल स्तरीय प्रतियोगिताको अभाव भएको अवस्थामा प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा जेम्स स्कुल (जेम्स थन्डरबोल्ट्स), डिएभी स्कुल (सुपर डाँफेज्), कान्जिरोवा स्कुल (एफसी माउन्ट कान्जिरोवा), लिटल एन्जल्स (एल. ए. ड्रागन), रातो बङ्गला (रेड पान्डाज), एक्सेलसर स्कुल ( एक्सेलसर इगल्स), सेन्ट जेभियर्स स्कुल (सगरमाथा फुटबल क्लब) र पाठशाला नेपाल फाउन्डेसन ( पाठशाला राइनोज) गरी आठ टोलीको सहभागिता रहने छ।
प्रतियोगिताको लिग चरण डबल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने छ भने शीर्ष दुई स्कुलले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले भने दुई लाख पचास हजार
रुपैयाँ प्राप्त गर्ने छ ।
यसै गरी व्यक्तिगत विधामा सर्वाधिक गोलकर्ताले पचास हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडीसमेतले पनि पचास पचास हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतिस्पर्धाको दोस्रो संस्करणमा (यसपालि) उत्कृष्ट प्रशिक्षक तथा फेयर प्ले अवार्ड थपिएको छ । यी दुबै पुरस्कार पचास–पचास हजार राशिका रहने छन्।
