‘द नर्थ फेस’ रात्रिकालीन ट्रेल रेस हुने

काठमाडौँ, जेठ ५ गते ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा द नर्थ फेस रात्रिकालीन ट्रेल रेस आयोजना हुने भएको छ।

द नर्थ फेसले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी शुक्रबार रात्रकालीन ट्रेल रेस गर्ने जानकारी दिएको हो।

नेपालमा पहिलो पटक हुन लागेको नाइट ट्रेल रन ७.५ किलोमिटरको हुने रेस डिरेक्टर विनेस तुलाधरले जानकारी दिए।
ट्रेल रेस गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ।

नर्थ फेसले अन्तराष्ट्रिय एभरेस्ट दिवस २०२६ को क्षेत्रीय उत्सवको अवसरमा नेपालमा ‘माउन्टेन क्वेस्ट’ आयोजना गर्न लागेको हो।

रेसको विजेताले महिला पुरुष दुवैतर्फ २ सय डलर प्राप्त गर्नेछन्। उपविजेताले १ सय ५० र तेस्रो हुनेले १ सय डलर पाउने छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ