पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं जेठ ४ गते ।

आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतिस्पर्धामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार मंगोलियाको उलानबटार प्रस्थान गर्ने भएको छ ।

मे २६ तारिखमा हुने प्रतियोगतिाको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा कविराज नेगी लामा तथा व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहेका छन् । फाइनल खेल्ने खेलाडी जापानमा हुने एसियाली पारा खेलकुदमा सहभागी हुन पाउने छन् । के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ¥याङकिङका आधारमा पलेशा गोबर्धन भने एसियाली पारा खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जनाएका छन् । पलेशा विश्व वरीयतको १० औं स्थानमा छिन् ।

त्यसअघि खेलाडीले मे २५ मा उलानबटारमै हुने ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने छन् । यो प्रतियोगितामा भने अमिर र रेणुसहित पलेशाले पनि खेल्ने छिन् । चीनमा अध्ययनरत पलेशा त्यत्तैबाट उलानबटार जाने छिन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्दले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ