काठमाडौँ, जेठ ४ गते ।
आइसिसी विश्वकप लिग-२ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डमाथि नेपालले विजय हासिल गरेको छ।
त्रिवि मैदान कीर्तिपुरमा सोमबार नेपालले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित निकालेको हो। १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा पूरा गरेको हो।
आजको जितमा स्टार लेग स्पिनर सन्दीप लामिछानेको विश्व कीर्तिमान, रोहित पौडेल र इशान पाण्डेको सतकीय साझेदारीसँगै दुवैको अर्धशतक प्रमुख रह्यो।
नेपालको जितमा कप्तान रोहित पौडेलले ९८ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ७४ रनको अविजित इनिङ्स खेले ।
