विश्व क्रिकेटमा सन्दीपको अर्को कीर्तिमान

काठमाडौँ, जेठ ४ गते ।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा अर्को कीर्तिमान बनाएका छन्।

सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका हुन् ।

उनले अष्ट्रेलियाको मिचेल स्टारको रेकर्ड तोडेका छन्। उनले ७७ खेलमा १५० विकेट लिएका थिए।

सन्दीपले भने ७३ खेलमा यो आँकडा पार गरेका हुन् । सन्दीपले ३ वर्ष अघि ४२ खेलमा १०० विकेट पूरा गर्दै ४४ खेलमा रशिद खानले पार गरेको आँकडाको कीर्तिमान पनि तोडेका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ