एन्फामाथिको निलम्बन फुकुवा

काठमाडौं जेठ १ गते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

शुक्रबार मन्त्रालयमा बसेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारीबीचको छलफलपछि निलम्बन फुकुवा गरेको हो ।

छलफलमा राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी उपस्थित थिए ।

गएको चैत ११ गते जबर्जस्ती अर्ली इलेक्सन गर्न खोजेको, देशको ऐन कानुन नमानेकोलगायत आरोप लगाउँदै राखेपले एन्फामाथि तीन महिनाका लागि निलम्बन गरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ