‘१० के रन’ मा राजन रोकाया प्रथम

काठमाडौँ, जेठ १ गते ।

राष्ट्रिय युवा संघ नेपालको ३७औँ स्थापना दिवसको अवसरमा ‘१० के एनवाईएफएन रन’ सम्पन्न भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजित उक्त दौड प्रतियोगिता शुक्रबार नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले उद्घाटन गरेको थिए ।

नेपाल एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा आयोजित रन बिहान साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई कोटेश्वरको फन्को मारेर पुनः दशरथ रङ्गशालामै पुगेर टुङ्गिएको थियो ।

उक्त १० के रनमा शीर्ष पाँच स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा राजन रोकाया प्रथम हुँदै २९ मिनेट ५६.९ सेकेन्डमा दूरी पूरा गरे । यस्तै, खड्कबहादुर खड्का दोस्रो मुकेशबहादुर पाल तेस्रो संजय श्रेष्ठ चौथो तथा सुशील शाही पाँचौँ भएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ