काठमाडौँ, बैशाख ३० गते ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आजदेखि सुरु भएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहेता, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी श्रेष्ठ लगायत अन्य सहभागीहरुले बिहीबार एक कार्यक्रमबिच प्रतियोगिताको उद्घाटन गरेका हुन्।
देशकै प्रमुख राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको रुपयमा रहेको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल० का खेलाडीहरु सहभागि छन्।
प्रतियोगिता पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स तथा मिक्स्ड डबल्स गरी पाँच विधा समावेश छ ।
