काठमाडौं बैशाख २९ गते ।
च्याम्पियन्स जुडो एकेडेमीको आयोजनामा दोश्रो खुला जुडो प्रतियोगिता जेठ २३ गते हुने भएको छ ।
प्रतियोगितामा पुरुष÷महिलामा समान २–२ गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक एकेडेमीका निर्देशक सरोज महर्जनले जनाएका छन् । पुरुषमा ७३ केजीमुनि र १०० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा ५७ केजीमुनि र ७८ केजीमुनि खेल हुनेछ ।
हरेक स्पर्धामा पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ । प्रतियोगितामा विदेशी खेलाडी सहभागिताका लागि पनि पहल भइरहेको निर्देशक महर्जनले जानकारी गराए ।
एकदिने प्रतियोगिताका खेलहरु खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा खेलाइने छ ।
