कोशीलाई हराउँदै एपीएफको दोस्रो जित

काठमाडौँ, बैशाख १८ गते ।

विभागीय टोली नेपाल एपीएफ क्लबको पुरुष टोलीले दसौं पीएम कप-एनभीए महिला तथा पुरुष भलिबल लिगको अन्तिम खेलमा कोशी प्रदेशलाई हराएको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा एपीएफले कोशी प्रदेशलाई ३-१ को सेटमा हराएको हो।

एपीएफले खेल क्रमशः २२-२५, २५-१७, २५-१४ र २५-१४ को सेटले आफ्नो पक्षमा पार्यो। एपीएफको यो दोस्रो जित हो । दोस्रो जितसँगै एपीएफले ७ खेलबाट ६ अंकसहित लिगको अन्त्य गरेको छ। यता, कोशीले भने ७ खेलबाट ३ अंक जोडेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ