काठमाडौं बैशाख १८ गते ।
दसौं पीएम कप-एनभीए महिला तथा पुरुष भलिबल लिगमा बुढानीलकण्ठ भलिबल क्लबले पहिलो जित निकालेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको खेलमा पुरुषतर्फको बुढानीलकण्ठ भलिबल क्लबले खिल्जी युवा क्लबलाई ३-२ को सेटमा हराएको हो।
तीन भारतीय खेलाडी सम्मिलित खिल्जीविरुद्धको सुरुवाती दुई सेट २१-२५ र २२-२५ ले गुमाएर २-० ले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै बुढानीलकण्ठले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो।
निकै नै प्रतिस्पर्धात्मक रुपमा निर्णायक पाँचौं सेटसम्म लम्बिएको खेलको पछिल्ला तीन सेट लगातार, २५-२१, २५-१८ र १५-१३ ले जित्यो।
