प्रणव र आयुशमानको जोडी विजेता

काठमाडौँ, बैशाख १८ गते ।

प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको फाइनलमा प्रणव र आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२, २–६ र ६–३ को सेटमा पराजित गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री पहिलो भए । उनले फाइनलमा जितेन्द्र परियारलाई ६–७, ६–२ र १०–५ ले हराए । उक्त स्पर्धाको पुरुष डबल्स फाइनलमा जितेन्द्र परियार र छेवाङ लामाको जोडीले भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीको चुनौती ६–० र ६–२ ले सहजै पन्छाए ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा विमलकुमार गुरुङले चन्द्र शाहीलाई ४–६, ६–४ र १३–११ ले पाखा लगाउदै पहिलो भए । सो स्पर्धाको पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडी विजेता बने । चन्द्र र सोभितमानको जोडीले मनु त्रिपाठी र पृथ्वीमान गुरुङको जोडीलाई ४–६, ६–२ र १०–६ ले पन्छाए ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा देव क्षेत्रीले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारमाथि ६–१ र ६–० को सहज जित दर्ता गरे । त्यसै स्पर्धाको पुरुष डबल्स फाइनलमा रोहित सुनुवार र महेश श्रेष्ठको जोडीले अमितसिंह गुरुङ र देव क्षेत्रीको जोडीलाई ६–३, १–६ र ११–९ ले पराजित गरे ।

भेट्रान ६५ वर्षमाथि कमल थापाले दोहोरो स्वर्ण जिते । उनले पुरुष सिंगल्स/डबल्समा स्वर्ण जितेका हुन् । सिंगल्सको फाइनलमा कमलले ध्रुवबहादुर गुरुङमाथि ६–१ र ६–० को सहज जित दर्ता गरे । डबल्सको फाइनलमा कमलले छ्याम्बा डुन्डुपसंग मिलेर ध्रुवबहादुर गुरुङ र रविन्द्रदास श्रेष्ठको जोडीलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे ।

प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष/महिला सिंगल्सको फाइनल हुनेछ । पुरुषमा प्रदीप खड्का र प्रणव मानन्धर तथा महिलामा शिभाली गुरुङ र स्वस्तिका विष्ट उपाधिका लागि भिड्ने छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ