हेल्प नेपालको लगातार जित

काठमाडौं बैशाख १७ गते ।

हेल्थ नेपाल स्पोर्ट्स क्लबले दसौं पीएम कप-एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबलाई जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै हेल्प नेपालले जितेको हो।

हेल्प नेपालले पुलिसविरुद्धको खेल क्रमशः २५-२२, २५-१९, २३-२५ र २५-१७ को सेटमा आफ्नो पक्षमा पार्यो । लिगमा लगातार ६ खेल जित्दै १८ अंक जोडेको हेल्प नेपाल शीर्ष स्थानमा छ।

यता, छैटौं खेलमा आएर पहिलो हार व्यहोरेको पुलिसको १५ अंक रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ