रुकुम पश्चिमको पाँचौं जित

काठमाडौं बैशाख १७ गते ।

रुकुम पश्चिम भलिबल क्लबले दसौं पीएम-कप एनभीए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ पाँचौं जित हासिल गरेको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार सम्पन्न खेलमा रुकुमले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएको हो।

रुकुमले आर्मीलाई क्रमशस् २५-२२, २५-१८, २९-३१ र २५-२१ को सेटमा हराएको हो। जितसँगै रुकुमले ६ खेलबाट १५ अंक जोडेको छ । यता, छैटौं खेलमा दोस्रो हार व्यहोरेको आर्मीले ११ अंक जोडेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ