नेपाल पुलिस क्लबको लगातार तेस्रो जित

काठमाडौंँ, वैशाख १४ गते ।

विभागीय टिम नेपाल पुलिस क्लबले पीएम कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई लगातार तेस्रो खेलसम्म पनि जारी राखेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा सम्पन्न महिलातर्फको दोस्रो खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको हो ।

खेलमा पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५–१५, २५–१५, २५–१५ ले आफ्नो पक्षमा परेको थियो ।

सोमबार सम्पन्न महिलातर्फकै पहिलो खेलमा एभरेस्टले सुदूरपश्चिमविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो ।

नेपाल भलिबल संघको आयोजनामा बैशाख १९ गते सम्म चल्ने प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ