रुकुम पश्चिमको लगातार चौथो जित

काठमाडौंँ, वैशाख १४ गते ।

दशौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा रुकुम पश्चिम भलिबल क्लबले लगातार चौथो जित निकालेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा रुकुम पश्चिम भलिबल क्लबले बूढानीकण्ठ भलिबल क्लबमाथि ३(१ को सेटमा हराएको हो ।

पहिलो सेटमा २५(१७ को जित निकालेको रुकुम पश्चिमले दोस्रो सेटमा २५(२० जितेको थियो। तेस्रो सेटमा १६(२५ ले बूढानीलकण्ठले जितेपनि रुकुम पश्चिमले चौथो सेटमा भने २५(११ को जित निकालेको हो ।

यसअघि रुकुम पश्चिमले पहिलो खेलमा एपीएफ क्लब, दोस्रो खेलमा कोशी प्रदेश र तेस्रो खेलमा खिल्जी युवा क्लबलाई समा ३(० को सोझो सेटमा पराजित गरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ