वैशाख १६ गतेदेखि र्‍यापीड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप

काठमाडौंँ, वैशाख १४ गते ।

क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व। रामहरी कृष्ण मानान्धरको सम्झनामा र्‍यापीड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने भएको छ।

सोमबार पत्रकार सम्मेलन गरेर क्षेत्रपाटी क्लबले बैशाख १६ देखि १८ गते सम्म च्याम्पियनसिप हुने जानकारी दिएको हो।

च्याम्पियनसिपमा कुल पुरस्कार राशी ३ लाख रहेको छ। जसमा खुला विधातर्फ र्यापीडमा प्रथम हुनेले ३५ हजार, द्वितीयले २५ हजार तथा तृतीयले १५ हजार र महिला तर्फ प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार तथा तृतीयले ५ हजार पुरस्कार प्राप्त गर्ने छन् । यसमा विभिन्न विधा गरि २७ जना खेलाडीहरुलाई पुरस्कार दिइने छ।

त्यस्तै राष्ट्रिय ब्लिट्ज प्रतिस्पर्धामा नगद रु। १ लाख पुरस्कार रहेको छ। त्यसमध्ये प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ८ हजार तथा महिला तर्फ क्रमशः नगद रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार एवं विधागत गरी १७ जना खेलाडीलाई पुरस्कार दिइने छ।

राष्ट्रिय र्‍यापीड तथा ब्लिट्ज बुद्धिचाल प्रतिस्पर्धामा २०० जना शीर्ष खेलाडीहरुको सहभागीता रहने क्लबले जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ