ओमानविरुद्ध नेपालको जित

काठमाडौं वैशाख ११ गते।

नेपाल ‘ए’ले ओमान, अमेरिका र स्कटल्यान्ड सम्मिलित एकदिवसीय शृखंलामा पहिलो जित निकालेको छ ।

शुक्रबार ओमानलाई ११५ रनले पराजित गर्दै नेपाल ‘ए’ले शृखंलामा पहिलो जित दर्ता गरेको हो । यसअघि भएको पहिलो खेलमा घरेलु टोली ओमानसँग ७१ रनले पराजित भएको थियो ।

काठमाडौंको मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सम्पन्न उक्त खेलमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याएको ओमानले ३६।३ ओभरमा सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ