दशौं पीएम कप: पुरुषतर्फ आर्मी र हेल्प नेपालको विजयी सुरुवात

काठमाडौं, वैशाख १० गते ।

दशौं पीएम कप एनभीए भलिबल लिगमा त्रिभुवन आर्मी क्लबले खिल्जी युथ क्लबलाई जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा आर्मीले खिल्जी युथ क्लबलाई ३-१ सेटमा पराजित गरेको हो।

प्रतिस्पर्धात्मक खेलमा आर्मी १८-२५, २५-२०, २५-२१, २५-२० ले विजयी भएको हो।

त्यस्तै आज नै भएको खेलमा पुरुषतर्फ हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई ३-० का सोझो सेटमा पराजित गरेको छ।

महिलातर्फ भने पुलिस र एपीएफको विजयी सुरुवात गरेका छन्। आजै भएको खेलमा पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई ३-० सोझो सेटमा हरायो । त्यस्तै एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हरायो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ