वैशाख १८ देखि रारा गोल्डकप

काठमाडौं, वैशाख १० गते ।

यही वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा १३औँ रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

आयोजक रारा फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता वैशाख १८ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने जनाएको हो ।

राजारानीमा रहेको पुण्य माविको खेल मैदानमा सञ्चालन हुने जिल्लाकै प्रतिष्ठित फुटबल प्रतियोगितामा आठ टिमको सहभागिता रहने छ ।

जसमा आयोजक रारा फुटबल क्लबसहित केराबारी फुटबल क्लब मोरङ, गाईघाट युनाइटेड क्लब उदयपुर, डाडाँबजार फुटबल क्लब धनकुटा, सलहेस युथ क्लब सिराहा, बिर्तामोड युनाइटेड क्लब झापा, आरआइ एफसी काठमाडौं र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ