काठमाडौं वैशाख ११ गते।
घरेलु महिला भलिबलको सफल टोली मध्ये एपिएफ १० औं पिएम कप एनभिए लिगमा आज स्तब्ध भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा एपिएफलाई एभरेष्ट भलिबल क्लबले ३-१ सेटमा हराएको हो। दोस्रो सेटमा बाहेक एपिएफ एभरेष्ट विरुद्ध कमजोर प्रदर्शन गरेको थियो ।
एभरेष्टले २५-२०,१६-२५,२५-१७,२५-१६ ले विजयी भएको थियो।
यस्तै शुक्रबार भएको पहिलो खेलमा न्यु डायमन्डले सुदूरपश्चिम प्रदेशमाथि सोझो सेटमा एकपक्षीय जित हात पारेको छ ।
