काठमाडौं, बैशाख ३ गते ।
सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सूर्य नेपाल एनपीजीए म्याच प्लेको सेमिफाइनलमा टंकबहादुर कार्की प्रवेश गरेका छन्।
बिहीबार भएको खेलमा कार्कीसँगै निरज तामाङ, सञ्जय लामा र रवि खड्का पनि सेमिफाइनलमा प्रवेश गरेका छन्।
तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४0२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको छ । विजेताले १ लाख प्राप्त गर्नेछ । दोस्रो,तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश ७५ हजार, ५६ हजार र ४२ हजार प्राप्त गर्नेछन् ।
यस्तै क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरूले जनही १८ हजार तथा पहिलो चरणबाट बाहिरिने खेलाडीहरूले जनही १० हजार प्राप्त गर्नेछन् ।
