काठमाडौं, बैशाख ३ गते ।
नवौँ संस्करणको ‘एनसेल बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ वैशाख १९ गते काठमाडौँमा हुने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता र आर्थिक परिसंवाद यही वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा हुने जानकारी गराएको हो ।
प्रतियोगितामा विभिन्न कर्पोरेट क्षेत्रका एक सय स्वदेशी र विदेशी एमेच्योर गल्फरको सहभागिता रहनेछ । गल्फको विजेताले सुनको गल्फ बल जित्नेछ ।
यस्तै उपविजेता, महिला, सिनियर ९६० वर्षमाथि०, जुनियरल, क्लोजेस्ट टु दि पिन, लङ्गेस्ट ड्राइभलगायत विधाका विजेतालाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ‘होल इन वान’ हान्ने खेलाडीले बीवाईडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछ ।
यस कार्यक्रममा गल्फ खेलाडीसहित करिब १२ सय जनाको सहभागिता रहने आयोजकले बताएको छ।
