राष्ट्रिय आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं, बैशाख ३ गते ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा २५ औं आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप प्याटर्न र सेल्फ डिफेन्स गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जनाएका छन् । ३३ स्वर्ण, ३३ रजत र ६६ कांस्य पदकका लागि भिडन्त हुनेछ । दुईदिने प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफ गरी ९ टोलीबाट ३ सय खेलाडीको सहभागिता रहने छ । एक स्पर्धामा ९ टोलीबाट १ का दरले सम्बन्धित छनोट भएका

दुईदिने राष्ट्रिय प्रतियोगिताकै दौरान दोश्रो यु–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगिता पनि हुनेछ । राष्ट्रिय प्रतियोगितामा झै पाँचै विधामा खेल हुनेछ । १ सय ५० खेलाडीले २० स्वर्ण, २० रजत र ४० कांस्य पदकका लागि प्रतिष्पर्धा गर्ने छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने दुवै प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ