काठमाडौँ, चैत २६ गते ।
आईटीएफ एसिया यू–१२ टेनिस प्रतियोगिता यही चैत ३० देखि सुरु हुने भएको छ ।
बिहीबार आयोजक नेपाल टेनिस संघले पत्रकार सम्मलेन गरी प्रतियोगिताको जानकारी गराएको हो ।
वैशाख ४ गतेसम्म चल्ने प्रतियोगितामा बंगलादेशबाहेक ६ दक्षिण एसियाली राष्ट्रले सहभागिता जनाउने छन्। प्रतियोगितामा कूल ३३ जना खेलाडीले प्रतिष्पर्धा गर्नेछन्। जसमा २ सिंगल्स र १ डबल्स विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा दुवैतर्फ पहिलो र दोस्रो हुने २–२ टोलीले सन् २०२६ सेप्टेम्बर १५ देखि २० सम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिता’ मा प्रतिस्पर्धा गर्न पाउने छन्। नेपालले यो प्रतियोगिता पाँचौंपटक आयोजना गर्न लागेको हो । यसअघि सन् २०१७, २०१८, २०२२ र २०२४ मा नेपालमै आयोजना भएको थियो ।
