प्रिती कम्बोडियन क्लबमा आबद्ध

काठमाडौँ, चैत २५ गते।

नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई कम्बोडीयन क्लबमा आबद्ध भएकी छन् ।

उनले कम्बोडियाको प्रेह खान रिच स्वाय रिएङ एफसीसँग आगामी सिजनका लागि सम्झौता गरेकी हुन्।

क्लबले कम्बोडियाको शीर्ष डिभिजनको लिग कम्बोडियन वुमन्स लिग खेल्छ।
प्रिति २०२६ को लिगका लागि आबद्ध भएकी हुन्। लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यसअघि प्रितिले गत सिजन जोर्डनको महिला प्रो लिग खेलेकी थिइन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ