काठमाडौं, चैत २४ गते ।
जापानको कराते ड्रेस उत्पादन कम्पनी सुराई दोले ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई औपचारिक रूपमा कराते खेल सामग्री प्रायोजन गरेको छ । कम्पनीमार्फत यस्तो अवसर प्राप्त गर्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।
गुरुङलाई ४ सेट कराते ड्रेस, १ थान ब्याग, ४ थान सिन गार्ड, ४ थान बेल्ट, ४ जोड ग्लोब्स तथा ५ थान टिसर्ट उपलब्ध गराइएको राष्ट्रिय कराते टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले छन् । उक्त सम्झौता २ वर्षका लागि कायम रहने छ ।
मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार, यस प्रकारको अन्तर्राष्ट्रिय सहयोगले खेलाडीको मनोबल उच्च बनाउने र प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने बताए ।
मुख्य प्रशिक्षक श्रेष्ठले सुराई दो जस्तो विश्व चर्चित ब्रान्डले नेपाली खेलाडीलाई प्रायोजन गर्नु नेपाली कराते क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउदै यसले नेपाली खेलाडी प्रति अन्तर्राष्ट्रिय ब्रान्डहरूको चासो बढ्ने विश्वास व्यक्त गरे । प्रशिक्षक कुशल श्रेष्ठले प्रायोजनका लागी प्रायोजकसंग पहल गरेको बताइएको छ ।
