एन्फाले स्थगित गर्‍यो महिला लिग

काठमाडौँ, चैत ५ गते ।

अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय लिगका खेलहरू पनि स्थगित गरेको छ ।

शुक्रबारदेखि ३ दिनका लागि महिला लिग स्थगित गरिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

अध्यागमन विभागको पत्रपछि पुरुष राष्ट्रिय लिग स्थगित गरेको एन्फाले महिला लिग पनि स्थगित गरेको हो ।

अध्यागमन विभागले आज नै पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई पत्र काटेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ