विदेशीलाई नखेलाउन भनेपछि राष्ट्रिय लिगका खेलहरू स्थगित

काठमाडौँ, चैत ५ गते ।

अध्यागमन विभागले पर्यटकीयमा भिसामा नेपाल आएका विदेशलाई कुनै पनि खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको छ।

पर्यटक भिसामा रहेका खेलाडीलाई नियमविपरित खेलाइएको पाइएमा कारबाही गर्ने पनि विभागले चेतावनी दिएको छ।

“संघबाट सञ्चालन भएको राष्ट्रिय महिलारपुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ,” अध्यागमनले पत्रमा भनेको छ, “तसर्थ, कुनै पनि खेलमा विदेशी खेलाडीहरूलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्यसहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ ।”

पर्यटक भिसामा आएका खेलाडीले राष्ट्रिय लिग खेलेको जानकारी प्राप्त भएपछि यो विषयमा अनुगमन थालिएको पनि विभागको भनाइ छ।

विभागको पत्र पठाएसँगै एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले लिगको सबै खेल अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ