शनिबार उसु टोली चीन जाने

काठमाडौं, चैत ५ गते ।

दसौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ।

चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मि तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिता सेनेगलमा हुने डकार युथ ओलम्पिकको छनोटका रुपमा समेत रहेको छ ।

प्रशिक्षकमा लानम लामा र जंगबहादुर तामाङ तथा निर्णायकमा मन्जुर महर्जन र गोविन्दबहादुर शाही रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ