काठमाडौँ, चैत ५ गते ।
शहीद स्मारक एन्फा महिला लिग–२०८२ मा नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको महिला टिममाथि सहज जित दर्ता गरेको छ ।
च्यासल मैदानमा आज भएको दोस्रो खेलमा मिना देउवा र रेखा पौडेलले २–२ गोल गरे । अमृता जैशीले १ गोल गरिन् । खेलको १२ औं र १८ औं मिनेटमा मीना देउवाले लगातार २ गोल गरिन् ।
पुलिसका लागि तेस्रो गोल रेखा पौडेलले ४१ औं मिनेटमा गरिन् । ४४ औं मिनेटमा अमृता जैशीले पुलिसको लागि चौथो गोल गरिन् । खेलको ५१ औं मिनेटमा रेखाले पेनाल्टीमार्फत गोल गर्दै पुलिसलाई ५–० को स्थितिमा ल्याएकी हुन् । चर्च ब्वाइजले भने १ गोल पनि फर्काउन सकेन ।
