काठमाडौँ, चैत ४ गते।
एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
बुधबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा फ्रेन्ड्स र जावलाखेलबीच भएको खेल १–१ को बराबरीमा रोकिएको हो ।
प्रतियोगितामा जावलाखेलको यो तेस्रो बराबरी हो । बराबरीसँगै जावलाखेलले प्रतियोगितामा १४ अंक जोडेको छ । जावलाखेलले ११ खेल खेल्दा चार जित, दुई बराबरी र पाँच हारसहित उक्त अंक जोडेको हो ।
फ्रेन्ड्सले भने चौथोपटक बराबरी गरेको हो । बराबरीसँगै फ्रेन्ड्सले प्रतियोगितामा १३ अंक जोडेको छ । फ्रेन्ड्सले ११ खेल खेल्दा तीन जित र समान चार बराबरी र हारसहित सो अंक जोडेको हो ।
