काठमाडौँ, चैत ४ गते।
संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) विरुद्ध ४–० को सहज जित निकालेको छ ।
ललितपुरको च्यासल मैदानमा बुधबारदेखि सुरु भएको लिगको पहिलो खेलमा संकटाले न्युरोड टिम (एनआरटी) लाई ४–० गोलले हराएको हो।
एकपक्षीय खेलमा संकटालाई जित दिलाउन विन थेइङ्गी टुन, लुसी होजे मोकाम्बी, सुक्रिया मिया र क्विनाबेल अमानक्रहले गोल गरे। संकटाले दुवै हाफमा दुई दुई गोल गरेको थियो ।
लिगमा नौ टोलीको सहभागिता रहेको छ । जसमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), नेपाल पुलिस क्लब, आरएस रिसोर्ट तथा बिच फुटबल, संकटा फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब रहेको छ ।
