एन्फा महिला लिग बुधबारदेखि

काठमाडौं, चैत ३ गते ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा चैत ४ गते बुधबारदेखि काठमाडौंमा सहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै छ ।

उद्घाटन खेलअघि मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रि(म्याच कन्फ्रेन्स गर्दै एन्फाले उक्त जानकारी दिएको हो।

वैशाख १२ गतेसम्म ललितपुरस्थित च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरू सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ ।

लिगमा एपीएफ फुटबल क्लब, वाग्मती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट, बीच फुटबल, संकटा क्लब र त्रिभुवन आर्मी एफसीको सहभागीत रहनेछ । सहभागी ९ वटै टोलीले लिगको तयारी तीव्र गरिएको भन्दै नजिता आफ्नो पक्षमा पार्ने दाबीसमेत गरेका छन् ।

लिगमा सहभागी टीमका प्रशिक्षक र कप्तानहरूले खेलाडीहरू लिगका लागि तयार रहेको र नजिता आफ्नो पक्षमा पार्ने गरी सुरुदेखि नै अन्य टीमलाई दबाब दिएर खेल्ने समेत बताएका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ