राष्ट्रिय लिग फुटबल: एनआरटी र लालीगुराँसले अंक बाँडे

काठमाडौँ, फागुन २७ गते।

राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र लालिगुराँस एसोसिएसनले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी र लालिगुराँसले १-१ गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै १९ अंक जोडेको एनआरटीले प्रतियोगितामा १० खेल खेल्दा पाँच जित, चार बराबरी र एक हार व्यहोरेको छ ।

लालीगुराँसले पनि प्रतियोगितामा पाँचौँपटक बराबरी गरेको हो । बराबरीसँगै प्रतियोगितामा २० अंक जोडेको लालीगुराँसले १० खेल खेल्दा समान पाँच जित र बराबरी गरेको छ ।

आइतबार एन्फा मुख्यालयमा एनआरटीले २६औँ मिनेटमा टोलीका अञ्जन विष्टको गोलमा अग्रता लिएको थियो । तर, अन्तिम समय सम्हालिन नसक्दा एनआरटीले यो अग्रता गुमाएको थियो । ९० औँ मिनेटमा आशिष गुरुङले गोल गर्दे लालीगुराँसलाई खेलमा फर्काएका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ