काठमाडौं, फागुन २५ गते।
नेपाल स्क्वास एन्ड र्याकेट संघको आयोजनामा भइरहेको दोश्रो एनएसआरए प्रेसिडेन्ट कप राष्ट्रिय स्क्वास लिग सातदोबाटोमा भइरहेको छ।
मंगलबार भएको खेलमा पुरुषतर्फ अरहन्त के सिम्हा, पासाङ भ्लोन, र सरोज लामा लगायतले राम्रो प्रदर्शन गरे। अरहन्त के सिम्हाले नैन बहादुर मगरलाई ३–० ले पराजित गरे। नैन बहादुर मगरले कबिर तामाङलाई ३–० ले हराए।
त्यस्तै पासाङ भ्लोनले सरोज लामालाई ३–० ले पराजित गरे। अरहन्त के सिम्हाले कबिर तामाङलाई ३–० ले हराए। नैन बहादुर मगरले कबिर तामाङलाई ३–१ ले जिते। उदिम कुमार राईले कबिर तामाङलाई ३–१ ले पराजित गरे।
त्यसैगरी सरोज लामाले राकेश परियारलाई ३–० ले जिते। पासाङ भ्लोनले दीपक थापालाई ३–० ले हराए। पासाङ भ्लोनले सन्जीव थापा मगरलाई ३–० ले पराजित गरे। पासाङ भ्लोनले राकेश परियारलाई ३–० ले हराए। सरोज लामाले राकेश परियारलाई ३–१ ले जिते।
त्यस्तै महिलातर्फ बिपना भ्लोन, नियुक्ति श्रेष्ठ, र रेनासा महर्जनले उत्कृष्ट प्रदर्शन गरेका छन्। बिपना भ्लोनले नियुक्ति श्रेष्ठलाई ३–० ले पराजित गरिन्। नियुक्ति श्रेष्ठले अलिशा प्रजालाई ३–० ले हराइन्। रेनासा महर्जनले कृपा प्रजालाई ३–२ ले रोमाञ्चक जित निकालिन्। नियुक्ति श्रेष्ठले डोल्मा लामालाई ३–१ ले पराजित गरिन्।
