काठमाडौँ, फागुन २६ गते ।
भक्तपुरको मध्यपुर थिमिस्थित डाइनामिक स्केट क्लबको आयोजनामा यही फागुन ३० गते डाइनामिक कप इनलाइन स्केटिङ प्रतियोगितामा हुने भएको छ ।
आयोजकले मंगलबार पत्रकार सम्मलेन गरी प्रतियोगिता यही फागुन ३० गते हुने जानकारी दिएको हो ।
क्लबका अनुसार, प्रतियोगिता भक्तपुरको काठमाडौं वर्ल्ड स्कुलमा सञ्चालन गरिनेछ । प्रतियोगितामा ५०० विद्यार्थी तथा खेलाडीको सहभागिता रहने आयोजकको अनुमान छ । प्रतियोगितामा विजेता, उपविजेता र दोस्रो उपविजेतालाई मेडल र ट्रफीबाट पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पाराग्वेमा यस वर्ष हुने रोलर डर्बी वर्ल्ड स्केट च्याम्पियनसिपका निम्ति राष्ट्रिय टोलीको छनोटमा समावेश हुने मौका दिइने आयोजकको भनाइ छ ।
