काठमाडौं, फागुन २७ गते।
नेपाल स्क्वास एन्ड र्याकेट संघको आयोजनामा भइरहेको दोश्रो एनएसआरए प्रेसिडेन्ट कप राष्ट्रिय स्क्वास लिग सातदोबाटोमा भइरहेको छ।
बुधबार भएको खेलमा पुरुषतर्फ अरहन्त के सिम्हाले पासाङ भ्लोन लाई ३–० सेटले पराजित गरे। अरहन्त के सिम्हाले अर्को खेलमा सरोज लामालाई पनि ३–० सेटले हराए।
त्यस्तै अमृत थापा मगर र दीपक थापा बीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। अमृत थापा मगरले ३–२ सेटले जित हात पारे।
महिलातर्फ भने अर्चना प्रजाले डोल्मा तामाङ लाई ३–० सेटले पराजित गरिन्। नियुक्ति श्रेष्ठले कृपा प्रजालाई ३–२ सेटले हराइन्।
