पहिलो पटक एन्फा महिला लिगमा छनोट कर्णाली

  सुर्खेतमा जारी छनोट अन्तर्गत लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेश पहिलो पटक महिला लिगमा छनोट भएको छ।

वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बिहीबार बिहान सम्पन्न खेलमा कर्णालीले गण्डकी प्रदेशलाई २-० गोलले पराजित गरेको हो । कर्णालीको जितका लागि वर्षा ओली र संगीता बम्जनले एक एक गोल गरेका हुन् । कर्णालीले ६ खेलबाट १२ अंक जोड्दै सात प्रदेशले प्रतिस्पर्धा गरेको छनोटमा कर्णाली प्रदेश तेश्रो हुन सफल भएको हो। यसअघि नै कोशी र सुदूरपश्चिम प्रदेश पनि क्रमश: पहिलो र दोश्रो हुँदै महिला लिगमा छनोट भईसकेका छन् ।

कोशी ६ खेलबाट १६ अंक जोड्दै शीर्ष र एक खेल खेल्न बाँकी नै रहेको सुदूरपश्चिम ५ खेल १२ अंक जोड्दै दोश्रो स्थानमा रहँदै छनोट भएक हुन् । अब छनोटको अन्तिम खेलमा आज नै सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ