वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार प्रेस स्वतन्त्र सेनानी पदवीबाट सम्मानित हुनु भएको छ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) ले चित्रकारलाई सम्मान गर्नुभएको हो । पत्रकारिताको क्षेत्रमा स्वतन्त्र प्रेसको विकास र रक्षाका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका चित्रकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा समेत उल्लेखनिय योगदान पुर्याउनु भएको थियो
