काठमाडौं, फागुन ९ गते ।
विद्यावाणी र एकलब्य अर्किड कप जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भइरहेको प्रतियोगितामा विद्यावाणीले निर्मल ज्योतिलाई ३–२ गोलले पराजित ग¥यो । निर्मल ज्योतिका रितिक थापा मगर ‘म्यान अफ द म्याच’ घोषित भए ।
अर्को सेमिफाइनलमा एकलब्सले भीबीइएसएसलाई १–० गोलले हरायो । भीबीइएसएसका सनब दाहाल ‘म्यान अफ द म्याच’ चुनिए ।
