जय ट्रफी पुरुष इलिट दुई दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत कप्तान रोहित पौडेल र आसिफ शेखको अर्धशतकको सहयोगमा एपिएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको छ ।
शुक्रवार मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो दिनको खेलमा १ सय ३७ रनको लक्ष्य एपिएफले आफ्नो दोस्रो इनिङमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
टिमका लागि कप्तान रोहित पौडेल ५६ रनमा नटआउट रहे भने आसिफले आउट हुनुअघि ५९ रनको योगदान दिए । त्यसैगरी दीपक बोहराले १२ रन बनाए भने लोकेश बम ५ रनमा नटआउट रहे ।
