जय ट्रफी शुक्रबारबाट सुरु, आर्मीको उत्कृष्ट सुरुवात 

काठमाडौँ, फागुन ८ गते।

जय ट्रफी दुई दिवसीय राष्ट्रिय प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल पुलिस क्लब आर्मीविरुद्ध २४ रनले पछि परेको छ। 

टस जितेको आर्मीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पुलिसले पहिलो इनिङग्समा ८ विकेटको क्षतिमा १८७ रन बनाएपछि इनिङग्स समाप्तिको घोषणा गर्‍यो।

पुलिसका लागि आरिफ शेखले ३६ रन बनाए भने रशिद खानले ३० रन र ओपनर कुशल भुर्तेलले ३० रनको योगदान गरे। बलिङमा आर्मीका पवन कार्कीले ४ विकेट लिए। जवाफी ब्याटिङ गरेको आर्मीले ९ विकेटको क्षतिमा २३४ रन बनाएर इनिङग्स समाप्तिको घोषणा गर्‍यो।

आर्मीका लगि भीम सार्कीले शतक प्रहार गरे। उनले नटआउट १०५ रन बनाउने क्रममा ११३ बल खेलेर १४ चौका र १ छक्का प्रहार गरे। पवन कार्कीले ३७ रन र नरेन साउदले ३१ रन बनाए। बलिङमा पुलिसका सागर ढकालले ६ विकेट लिए। उनले १७ ओभरमा १ मेडन राख्दा ९२ रन दिए। 

पहिलो दिन आफ्नो  दोस्रो इनिङग्स सुरु गरेको पुलिसले २३ रन जोडेको छ भने १ विकेट गुमाएको छ। खेलमा पुलिस २४ रनले पछि छ। 

त्यस्तै मुलपानीमा भएको अर्को खेलमा टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीलाई पहिलो इनिङग्समा ९ विकेटको क्षतिमा २०७ रन बनाएपछि इनिङग्स समाप्तिको घोषणा गर्‍यो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ