राष्ट्रिय हक्की सोमबारदेखि

काठमाडौँ, फागुन १ गते ।

नेपाल हक्की संघको आयोजनामा यही फागुन ०४ गतेदेखि ११ गतेसम्म “राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता” हुने भएको छ। 

हक्की संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै वार्षिक कार्यक्रम अनुसार  फागुन ०४ गतेदेखि दशरथ रंगशालमा हक्की प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो। 

प्रतियोगिताको पुरुषमा ६ तथा महिलामा ५ टिमले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, सुदुर पश्चिम र नेपाल पुलिस क्लब सहभागी हुने छन् । पुरुषमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

त्यस्तै महिलामा सहभागी हुने कोशी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश, सुदुर पश्चिम र बागमती प्रदेशले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छ ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । 

विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच लाई २ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख खर्च हुने संघले जनाएको छ।  

 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ