काठमाडौँ, माघ २८ गते।
१५ औँ खुम्बु ल्होसार कप अन्तर्गत बिहीबार भएको खेलमा याम्बु थामिछो किङस र नाम्चे युवा समूह विजयी भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा याम्बु थामिछो किङसले खुम्बु युनाइटेड एफसीलाई २–० गोलले पराजित ग¥यो । याम्बु थामिछोका लागि लाक्पा सोनम शेर्पाले २५ मिनेटमा र तेन्जिङ चोपेल शेर्पाले ८५ मिनेटमा गोल गरे।
त्यसैगरी बिहीबार नै भएको अर्को खेलमा नाम्चे युवा समूहले आमा दब्लम युवा क्लबलाई २–१ गोलले पराजित ग¥यो । नाम्चे युवा समूहका लागि विशाल मगरले ६९ मिनेटमा र ओसिन निमा टासीले ७३ मिनेटमा गोल गरे। त्यस्तै आमा दब्लमका लागि कर्मा टासी शेर्पाले ५६ मिनेटमा गोल गरे।
आज भएको खेलमा नाम्चे युवा समूहका ओसिन निमा टासी प्लेयर अफ द म्याच घोषित भएका छन्।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, दोस्रो हुनेले ८० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने तेस्रो हुनेले ४० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
