सूर्य नेपाल गल्फ टुर: भुवन शीर्ष स्थानमा, निरजले बराबरी गरे कोर्स रेकर्ड

काठमाडौँ, माघ २९ गते ।

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन को तेस्रो चरणपछि भुवन नगरकोटी शीर्षस्थानमा उक्लिएका छन्। पार–६८ को रोयल नेपाल गल्फ क्लबमा बिहीबार सम्पन्न तेस्रो चरणमा उनले एक स्ट्रोकको अग्रता बनाएका हुन् ।

दिनेश प्रजापतिले पनि ४(अन्डर ६४ नै खेल्दै कुल ५(अन्डर १९९ सहित दोस्रो स्थानमा उक्लिएका छन्। रामे मगर १(अन्डर ६७ खेल्दै ४(अन्डर २०० स्कोरसहित तेस्रो स्थानमा छन्। सञ्जय लामा र ओभरनाइट लिडर रबी खड्का संयुक्त चौथो स्थानमा छन्। दुवैको स्कोर ३(अन्डर २०१ छ। सञ्जयले २(अन्डर ६६ खेले भने रबी २(ओभर ७० खेल्दै पछि परे।

नेपालका नम्बर एक प्रो खेलाडी निरज तामाङले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्दै ८(अन्डर ६० को सनसनीपूर्ण कार्ड खेलेर कोर्स रेकर्ड बराबरी गरेका छन्। यससँगै उनी २(अन्डर २०२ स्कोरसहित छैटौँ स्थानमा उक्लिएका छन्। निरजले फ्रन्ट नाइनमा ६(अन्डर २८ र ब्याक नाइनमा २(अन्डर ३२ खेले। उनले पहिलो होलमा ईगल गर्दै खेल सुरु गरेका थिए भने तेस्रो, चौथो, सातौँ र आठौँ होलमा बर्डी गरेका थिए। ११औँ होलमा एक मात्र बोगी गरे पनि उनले १२औँ, १३औँ र १८औँ होलमा बर्डी गर्दै ८(अन्डर पारको कोर्स रेकर्ड बराबरी गरे।

टंका बहादुर कार्की र जयाराम श्रेष्ठ संयुक्त सातौँ स्थानमा छन्। दुवैको स्कोर ३(ओभर २०७ छ। टंकाले ६(अन्डर ६२ खेले भने जयारामले १(ओभर ६९ खेले। धना बहादुर थापा र तोरण बिक्रम शाही संयुक्त नवौँ स्थानमा छन्। दुवैको स्कोर ५(ओभर २०९ छ। धनाले २(अन्डर ६६ र तोरणले १(ओभर ६९ खेले।

एमेच्योरतर्फ महेन्द्र फागामी र राहुल विश्वकर्मा संयुक्त अग्रस्थानमा छन्। दुवैको स्कोर ३(ओभर २०७ छ। महेन्द्रले इभन(पार ६८ खेले भने राहुलले लगातार तेस्रो दिन १(ओभर ६९ कार्ड गरे। स्वप्निल भट्टराई ५(ओभर २०९ स्कोरसहित तेस्रो स्थानमा छन्।

अग्रस्थानमा रहेका भुवनले दुवै हाफमा २(अन्डर ३२ खेले। उनले पहिलो होलमा बर्डी गर्दै सुरुआत गरे, सातौँ होलमा अर्को बर्डी थपे र १०औँ तथा १८औँ होलमा थप एक(एक सट उठाए। दिनेशले फ्रन्ट नाइनमा ३(अन्डर ३१ खेले। उनले पहिलो, दोस्रो, चौथो, पाँचौँ र आठौँ होलमा बर्डी गरे भने छैटौँ र नवौँ होलमा बोगी गरे। ब्याक नाइनमा उनले १०औँ, ११औँ र १३औँ होलमा बर्डी गरे पनि १५औँ र १६औँ होलमा बोगी खेपे। रामेले फ्रन्ट नाइनमा पाँचौँ होलमा बर्डी गर्दै बोगी–रहित १(अन्डर ३३ खेले भने ब्याक नाइनमा दुई बर्डी र दुई बोगी गर्दै इभन(पार ३४ खेले।

पीजीए नेपालद्वारा आयोजना तथा सूर्य नेपाल प्रा।लि।को प्रायोजनमा सञ्चालन भइरहेको ७२ होलको यस प्रतियोगितामा ३४ जना प्रोफेसनल र २१ जना एमेच्योर गरी कुल ५५ खेलाडी सहभागी छन्। प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख ७५ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख ५ हजार र तेस्रो हुनेले ८५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथो र पाँचौँ स्थानका खेलाडीले क्रमशः ७१ हजार र ६३ हजार रुपैयाँ पाउनेछन् भने शीर्ष १८ प्रो खेलाडीबिच बाँकी पुरस्कार राशि वितरण गरिनेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ