काठमाडौँ, माघ २९ गते ।
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार इटालीले नेपालमाथि १० विकेटको ऐतिहासिक जित निकालेको हो।
एन्थोनी मोस्का र जस्टिम मोस्काले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरेपछि नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२।४ ओभरमा पूरा गरेको हो । टी-२० विश्वकपको नेपाल पहिलो पटक १० विकेटले पराजित भएको थियो ।
समूह सी मा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमै दुई पटकको टी-२० विश्वकप विजेता इंग्ल्याण्ड विरुद्ध ४ रनले पराजित भएको थियो ।
